ट्याक्टरको बालुवामाथि अरु कति जना ?

ट्याक्टरको बालुवामाथि अरु कति जना ?

सल्यानमा आज ट्याक्टर दुर्घटनामा आठ जना घाइते भएका छन् । चार जना सिकिस्त भएको बताइएको छ । बनगाड कुपिण्डे नगरपालिका–१०, रजेखोलाबाट थापाचौर जाँदै गरेको रा. १ त १६९० नम्बरको ट्याक्टर रजेखोलामा दुर्घटना भएको हो ।

घाइते हुनेमा स्थानीय १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिमबहादुर बुढा, १७ वर्षीय कुलवीर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती छन् ।

घाइतेहरूको प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । तीमध्ये तिलक बुढा, भुपाल बुढा, गोपाल पुन र सुमन पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

रजेखोलाबाट बालुवा लिएर थापाचौर जाँदै गरेको ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको हो । ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू