डेंगु संक्रमितको संख्या ५१ हजार नाघ्यो, ५७ जनाको मृत्यु

डेंगु संक्रमितको संख्या ५१ हजार नाघ्यो, ५७ जनाको मृत्यु

मुलुकका ७७ वटै जिल्लामा फैलिएको डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । यसबीचमा संक्रमितको संख्या ५१ हजार एक सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर एक हजार एक सय ६६ जना डेंगु संक्रमित थपिएका छन् । नेपालमा गत साउनदेखि डेंगु संक्रमण देखिएको हो ।

पछिल्लो समय संक्रमणदर कम भएपनि मृत्यदर घटेको छैन । तथापि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

टिप्पणीहरू