मैत्रीपूर्ण खेल हेर्ने एक जना भाग्यशालीले विश्वकप पनि हेर्न पाउने

मैत्रीपूर्ण खेल हेर्ने एक जना भाग्यशालीले विश्वकप पनि हेर्न पाउने

नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण फुटबल खेलका लागि टिकट मूल्य तोकिएको छ । अखिल नेपाल फुटल संघ एन्फाले आज पत्रकार सम्मेलनमा खेलका लागि टिकट मूल्य तोकेको जानकारी दिएको हो ।

जानकारी गराइएअनुसार साधारणतर्फ पाँच सय रुपैयाँ र भीभीआइपीतर्फ एक हजार रुपैयाँ टिकटदर निर्धारण गरिएको छ । खेल हेर्ने एक भाग्यशाली दर्शकलाई एन्फाले कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट उपलब्ध गराउने वचन दिएको छ ।

उक्त टिकट प्राप्त गर्न भीभीआईपीतर्फको पाँच हजार रुपैयाँको टिकट खरिद गर्नुपर्ने छ । एन्फाले विश्वकप हेर्न टिकट उपलब्ध गराइए पनि हवाई टिकट र दोहामा खाने बस्ने खर्च भने दर्शक आफैंले व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

खेल आगामी बुधबार दशरथ रंगशालामा साँझ ५ बजे खेलाइने छ । पाकिस्तानी टोली आइतबार नेपाल आइपुग्ने एन्फाले जनाएको छ । नेपाली टोलीलाई अहिले प्रवेश कटुवालले प्रशिक्षण दिइरहेका छन् ।

टिप्पणीहरू