चितवनमा सडक दुर्घटना : २ को मृत्यु, २ घाइते

चितवनमा सडक दुर्घटना : २ को मृत्यु, २ घाइते

चितवनमा आज साँझ भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुई जना घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।

साँझ भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना.१ ज ५६०५ नम्बरको म्याजिक भ्यानले विपरित दिशाबाट आउँदै गरेको ना.३३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भ्यानका एक जना यात्रु र मोटरसाइकल चालकको ज्यान गएको छ ।

भ्यानमा सवार स्याङ्जाका २४ वर्षे नवीन नेपालीलाई उपचारार्थ भरतपुरतर्फ लैजाँर्द गर्दा बाटैमा मृत्यु भएको हो । त्यसैगरी मोटरसाइकल चालक भरतपुर.५ बस्ने ४० वर्षे यज्ञ शर्माको उपचारको क्रममा ज्यान गएको छ ।

भ्यानका यात्रु भरतपुर २० का २० वर्षे आशिष नेपालीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने मोटरसाइकल पछाडि बसेका ३९ वर्षे श्याम खरेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले मोटरसाइकल, भ्यान र भ्यान चालकलाई नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू