सिंहदरबारमा सचिवहरुको बैठक
आज सिंहदरबारमा सचिवहरुको बैठक बसेको छ । मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा सचिवहरुको बैठक बसेको बताइएको छ ।
बिहान साढे १० बजेदेखि झण्डै १ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव बैरागीको अध्यक्षतमा बैठक बसेको सहभागी एक जना सचिवले बताए ।
झण्डै तीन दर्जन सचिवको उपस्थितिमा भएको छलफलमा आगामी निर्वाचनको तयारी, मुलुकको समग्र सुरक्षालगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।
टिप्पणीहरू