चुनावको मुखमा नक्कली नोटको कारोबार तीब्र, महिलाको सहभागिता उल्लेख्य

चुनावको मुखमा नक्कली नोटको कारोबार तीब्र, महिलाको सहभागिता उल्लेख्य

रौतहटबाट नक्कली नोट कारोबारमा संलग्न एक गिरोह समातिएको छ । मौलापुर नगरपालिका–८, सोनरनिया र बाराको कचोर्वा जाने सडकमा उनीहरु पक्राउ परेका हुन् ।

बारा आदर्श कोतवाल गाउँपालिका–६ बस्ने २५ वर्षीय सोनु कुमार कुशवाहा, २६ वर्षीय राजाराम साहसहित चार जना पुरुष र दुई जना महिला छन् । उनीहरुको साथबाट नेपाली एक हजार रूपैयाँ दरका ८७ थान नक्कली नोट प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडा र मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूबाट उक्त नक्कली नोट र दुई थान मोटरसाइकल पक्राउ गरेको हो । पक्राउ परेकामध्ये राजारामको घरमा लुकाई राखेको एक थान अवैध कटुवा पेस्तोल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चुनावको मुखमा प्रहरी प्रशासनलगायत सबै क्षेत्र निर्वाचनमा केन्द्रित भएको मौका छोपेर नक्कली नोटको कारोबार हुन थालेको आशंका गरिएको छ ।

टिप्पणीहरू