राप्रपा र जसपा राष्ट्रिय पार्टी बन्ने एमाले अध्यक्षको उद्घोष
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय पार्टी बन्ने ठहर गर्नुभएको छ । उहाँले आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो ।
सत्ता गठबन्धनले एमाले एक्लो भएको बताउन थालेपछि आफूले गठबन्धन गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘एमालेसँग सहकार्य गरेकाले राप्रपा र जसपा राष्ट्रिय पार्टी बन्नेछन् ।’
आगामी मंसिर ४ गतेको निर्वाचनमा एमाले, राप्रपा, राप्रपा नेपाल, जसपासहितले गठबन्धन गरेका छन् । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा सामेल छन् ।
टिप्पणीहरू