गुल्मीमा पनि उस्तै सूचना सार्वजनिक

गुल्मीमा पनि उस्तै सूचना सार्वजनिक

अन्यत्रझैँ जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री–वितरणमा रोक लगाएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वच्छ, भयरहित बनाउन आजदेखि मतगणना नसकिएसम्म मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराइएको बताइएको छ । तोकिएको अवधिमा मादक पदार्थ सेवन, ओसारपसार तथा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबही गरिने प्रकाशित सूचनामा उल्लेख छ ।

गत शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि मतपरिणाम सार्वजनिक नभएसम्मका लागि मदिरा बिक्री–वितरण, ओसारपसार गर्न रोक लगाउने निर्णय गरेको हो ।

टिप्पणीहरू