प्यूठान एमालेको चुनावी तालमेलमा काँग्रेस मिसियो

प्यूठान एमालेको चुनावी तालमेलमा काँग्रेस मिसियो

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस (वीपी) र जनता समाजवादी पार्टी (जसपा) ले प्यूठानमा चुनावी तालमेल गर्ने भएका छन् ।

एमाले जिल्ला अध्यक्ष विजय बिराज विष्ट, काँग्रेस (वीपी) का जिल्ला सभापति बलबहादुर महतारा र जसपाका जिल्ला अध्यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्तिमार्फत् चुनावी तालमेल भन्दै तीन बुँदे सहमतिबारे बताएका छन् ।,

उनीहरुबीच प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ । तर, समानुपातिक निर्वाचनमा भने आ–आफ्नै पार्टीको चुनाव चिन्हमा भोट गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।तीनै दलले चुनावी प्रचारप्रसारका क्रममा संयुक्त चुनावी सभा र घरदैलो कार्यक्रम संयुक्त रुपमा गर्ने बताएका छन् ।

टिप्पणीहरू