प्रेस काउन्सिलले थाल्यो विशेष अनुगमन

प्रेस काउन्सिलले थाल्यो विशेष अनुगमन

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आचारसंहिता लागू भएसँगै प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनाको विशेष अनुगमन थालेको छ । पत्रकार र सञ्चारमाध्यमले निर्वाचनको समय नजिकिँदै जाँदा आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्न सक्ने भन्दै काउन्सिलले नौ सदस्यीय अनुगमन टोली खडा गरेको छ ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकार र मिडियाले निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि र सामग्री सम्प्रेषण गरेमा जिम्मेवारी प्राप्त सदस्यहरूलाई जानकारी दिन आग्रह गरेका छन् । त्यसका लागि प्रदेश १ मा गणेश पोखरेल, मधेशमा लालबाबु शेख, बागमतीमा चिरञ्जीवी मास्के, गण्डकी प्रदेशमा दुर्गा भण्डारी पौडेलले संयोजन गरेका छन् ।

लुम्बिनीमा शरदप्रसाद अधिकारी, कर्णालीमा रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशमा हरिप्रसाद जोशीलाई सम्पर्क गरेर आचारसंहिता उल्लघंनबारे जानकारी दिन काउन्सिलले अनुरोध गरेको छ । यस्तै काठमाडौं उपत्यकामा टेलिभिजनतर्फ ठाकुरप्रसाद बेलबासे र छापा माध्यमतर्फ दीपक पाण्डेलाई सम्पर्क गर्न सकिने काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू