चिनियाँ पाहुना बिहानै बसन्तपुर पुग्नुभयो

चिनियाँ पाहुना बिहानै बसन्तपुर पुग्नुभयो

गए राति काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ओर्लनुभएका चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री लि छ्वान आज बिहान बसन्तपुर पुग्नुभएको छ । उहाँ हनुमानढोका क्षेत्रमा चिनियाँ सहयोगमा भइरहेको सम्पदा पुनर्निमाणका कार्यहरुको अवलोकन गर्न जानुभएको बताइएको छ ।

बिहान पौने १० बजेको समयमा त्यहाँ पुग्नुभएका चिनियाँ विशिष्ट पाहुनाले काष्ठमण्डप, हनुमान मन्दिरलगायत २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नुभएको हो । उहाँले विशेषगरी चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकन गर्नुभएको बताइको छ ।

बसन्तपुरको अवलोकन भ्रमणपछि उपमन्त्री लि ११ बजेको हाराहारीमा त्यहाँबाट फर्कनुभएको हो ।

टिप्पणीहरू