कसले चोर्यो पूर्वराष्ट्रपतिको नोबेल शान्ति पुरस्कार ?

कसले चोर्यो पूर्वराष्ट्रपतिको नोबेल शान्ति पुरस्कार ?

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्ल्यू डे. क्लर्कको नोबेल शान्ति पुरस्कारको पदक हराएको छ । गत अप्रिलमा उनको घरबाट पुरस्कार चोरी भएको उनको फाउण्डेसनले पुष्टि गरेको छ ।

केप टाउनस्थित घरमा भएको लुटपाटमा पुरस्कार पनि चोरी भएको प्राप्त समाचारमा जनाइएको छ । सन् १९९३ मा नेल्सन मण्डेलासँगै रंगभेदको अन्त्यका लागि गरेको प्रयासका लागि डे. क्लर्कले उक्त पुरस्कार प्राप्त गरेका थिए ।

दक्षिण अफ्रिकी सञ्चारमाध्यमका अनुसार प्रहरीले हालसम्म कसैलाई पनि पक्रेको छैन । स्वर्गी पूर्वराष्ट्रपतिकी श्रीमती एलिटाले भनिन् ‘विदेश यात्राबाट घर फर्किंदा पदकसहित बहुमुल्य सामग्री चोरी भएको थाहा भयो ।’

आफ्ना धेरै गहना चोरिएको बताउँदै उनले ती गहनाको मूल्य निर्धारण गर्नै गाह्रो भएको बताइन् । पछिल्लो ५० वर्षको अवधिमा आफूलाई उपहारमा प्राप्त ती गहना बहुमूल्य भएको उनको भनाइ छ ।

टिप्पणीहरू