खाडीचौरमा बस र ट्रक जुध्यो, राजमार्ग अवरुद्ध

खाडीचौरमा बस र ट्रक जुध्यो, राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोकको खाडीचौरमा यात्रुवाहक बस र ट्रक जुधेका कारण अरनिको राजमार्ग घण्टौंदेखि अवरुद्ध भएको छ ।

काठमाडौंबाट तातोपानीतर्फ जाँदै गरेको बा.२ ख ३३६८ नम्बरको बस र खाडीचौरबाट काठमाडौं आउँदै गरेको बा.३ क ५९६१ नम्बरको ट्रक एकापसमा जुधेको हो ।

बसको पछाडि भाग नालीमा छिरेपछि सडक जाम भएको स्थानीयले बताए । हाल बसलाई सडकमा तान्ने प्रयास भइरहेको उनको भनाइ छ ।

दुर्घटनामा चार जना घाइते भएका छन् । अधिकांशको हात र खुट्टामा चोट लागेको बताइएको छ ।

टिप्पणीहरू