सूर्जेकुमारीले काठमाडौं ५ मा सूर्यमा भोट मागिन्

सूर्जेकुमारीले काठमाडौं ५ मा सूर्यमा भोट मागिन्

पहिले लाजिम्पाट र हाल ललितपुरको गोदावरीमा बस्दै आएकी अभिनेत्री करिष्मा माननन्धर आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै घरदैलो कार्यक्रममा सहभागी भएकी छन् ।

पोखरेलसँगै मानन्धर बसुन्धारा क्षेत्रका मतदाताको घरदैलोमा पुगेर सूर्यमा भोट मागेकी हुन् । कार्यक्रममा मानन्धरसँगै सोही क्षेत्रका बासिन्दा चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि थिए ।

आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै मानन्धरले ५ नम्बर क्षेत्रमा पोखरेलको विकल्प नभएको बताएकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आगामी सरकार पुनः एमालेले गर्ने अवसर पाउने उनको भनाइ छ । विगतमा एमाले प्रवेश गरेलगत्तै करिष्माले आफ्नो न्वारनको नाम सूर्जेकुमारी भएको बताएकी थिइन् ।

टिप्पणीहरू