ग्लोबल आइएमई बैंक र बिओके समान हैसियतमा गाभिने

ग्लोबल आइएमई बैंक र बिओके समान हैसियतमा गाभिने

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिने भएका छन् । उनीहरु समान हैसियतमा गाभिने बताइएको छ ।

मर्जरमा जाने निर्णय गरेपछि दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनलगायतको विश्लेषणका आधारमा उनीहरु समान हैसियतमा गाभिन लागेका हुन् । मर्जरपछि पनि बैंक अफ काठमाण्डूका सेयरधनीहरुले एक कित्ता सेयर बराबर ग्लोबलको पनि उत्ति नै कित्ता सेयर पाउने छन् ।

ती बैंकले गत असार २ गते मर्जरका लागि सम्झौता गरेका थिए । मर्जरपछि ग्लोबल आईएमई बैंकको कुल चुक्ता पुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार छ सय पुग्नेछ ।

टिप्पणीहरू