हिमाल घुम्न गएका विदेशी पर्यटक बिरामी परेपछि….
दोलखाको गौरीशंकर गाउँपालिकाबाट दुई जना विदेशी बिरामी पर्यटकको उद्धार गरिएको छ ।
जिल्लाको पर्यटकीय क्षेत्र भ्रमण गर्न पर्यटन विभागबाट अनुमति लिएर गएका दुई अष्ट्रियन नागरिक बिरामी परेपछि उद्धार गरिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाका अनुसार गौरीशंकर गाउँपालिकाको जाबोकबाट अष्ट्रियाका जोसेफ र उल्फसँगै नेपाली गाइड फुर्वा तेञ्जिङ शेर्पाको हिजो उद्धार भएको हो ।
उनीहरुलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको छ ।
टिप्पणीहरू