भूकम्पबाट चर्केको प्रहरी चौकी हिजोको पराकम्पपछि झन् डरलाग्दो
हिजो साँझ ८ बजेर १२ मिनेटमा गएको पराकम्पका कारण बझाङको सदरमुकाम चैनपुरमा रहेको वडा प्रहरी कार्यालयको भवन उच्च जोखिममा परेको छ ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका–६, पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको ५ दशमलब ४ रेक्टर स्केलको भूकम्पले प्रहरी कार्यालय रहेको भवन पूरै चर्किएको छ । सो क्षेत्रका अन्य एक सयभन्दा बढी घरमा समेत क्षति पुगेको बताइन्छ ।
यसअघि गत मंगलबार रातिको भूकम्पले चर्किएका घरहरू हिजोको पराकम्पपछि थप चर्किएको स्थानीय सुनिल शाहीले बताए । पटक पटकको भूकम्पका कारण स्थानीयसँगै सुरक्षाकर्मी समेत बासस्थान देखेर डराएका हुन् ।
टिप्पणीहरू