चिनियाँ उपमन्त्रीलाई सचिव र महानिर्देशकको ब्रिफिङ

चिनियाँ उपमन्त्रीलाई सचिव र महानिर्देशकको ब्रिफिङ

नेपाल भ्रमण रहनुभएका चीनका संस्कृति तथा पर्यटन उपमन्त्री लि छ्वान्ले आज हनुमानढोकाको पुनर्निमाणबारे नेपाली अधिकारीहरुसँग आवश्यक जानकारी लिनुभएको छ । उपमन्त्री छ्वान्ले २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि हाल चीन सरकारको सहयोगमा पुनः निर्माण भइरहेको हनुमानढोकाको पछिल्लो अवस्थाबारे मन्त्रालयका सचिव र विभागका महानिर्देशकको ब्रिफिङ सुन्नुभएको बताइएको छ ।

उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभएको हो ।

टिप्पणीहरू