२० वर्षीया आमा र ३ वर्षीया छोरीको घाँटी रेटियो

२० वर्षीया आमा र ३ वर्षीया छोरीको घाँटी रेटियो

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आमाछोरीको हत्या भएको छ ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५, भङगेरीमा अज्ञात समूहले स्थानीय २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी ३ वर्षीया कृष्टिना खतिवडाको हत्या गरेको बताइएको छ ।

प्रहरीका अनुसार उनीहरुको हत्यामा धारिलो हतियार प्रयोग गरिएको देखिएको छ । शव आज बिहान फेला परेको हो । उनीहरुको घाँटीसहित शरीरका विभिन्न अंगमा गहिरो चोट लागेको छ ।

घरको आँगनमा आमा र पिँढीमा छोरीको शव फेला परेको हो । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू