गठबन्धनका शीर्ष नेताहरु आज दैलेख जाने

गठबन्धनका शीर्ष नेताहरु आज दैलेख जाने

वाम–लोकतान्त्रिक गठबन्धनले कर्णाली प्रदेशको दैलेख जिल्लामा आज चुनावी आमसभा राखेको छ । दुल्लुमा हुने सभामा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ ।
 

आमसभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने गठबन्धनको दैलेख २ चुनाव प्रचारप्रसार समितिले जानकारी दिएको छ ।
 

यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । गठबन्धनबाट दैलेख २ मा काँग्रेसका दिक्पाल शाही, २ (क) मा घनश्याम भण्डारी र (ख) मा माओवादी केन्द्रका योगेन्द्र शाहीले उम्मेदवारी दिएका छन् ।

टिप्पणीहरू