ललितपुरमा दुई बालिका बलात्कृत
ललितपुरमा दुई जना बालिका बलात्कृत भएका छन् । १० वर्षीया र ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक समातिएका छन् । ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोदावरी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत विश्वकर्मा र मदन विश्वकर्मालाई पक्राउ गरिएको छ ।
उनीहरूले दुवै जना बालिकालाई आफ्नै कोठामा लगेर करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बलात्कार उजुरीपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको बताइन्छ ।
बालिकाहरुलाई गत शुक्रबार पर्वत र मदनले आफ्नै कोठामा लगेर अनुचित कार्य गरेका हुन् ।
टिप्पणीहरू