फिफाले कतार विश्वकपको २ सय ९० वटा टिकट बेच्ने

फिफाले कतार विश्वकपको २ सय ९० वटा टिकट बेच्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबल महासंघ (फिफा) बाट नेपाललाई प्राप्त कतार विश्वकपको दुई सय ९० वटा टिकट बिक्री गर्ने निर्णय गरेको छ । एन्फाको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

फिफाले विश्वकप प्रतियोगिताको टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था तथा फुटबल प्रायोजक र शुभचिन्तकहरूलाई बिक्री गर्ने निर्णय गरेको हो । यस पटकको विश्वकप आगामी आइतबारदेखि कतारमा हुँदैछ । फिफाले आफ्ना सदस्य राष्ट्रहरुलाई विश्वकप प्रतियोगिता हेर्न टिकट उपलब्ध गराउने चलन छ । त्यहि टिकट बेच्ने निर्णय एन्फाले गरेको हो ।

टिप्पणीहरू