चावहिलमा बिहानै निर्वाचन विरोधी कोणसभा

चावहिलमा बिहानै निर्वाचन विरोधी कोणसभा

राजधानीको चावहिलमा निर्वाचन विरोधी कोणसभा आयोजना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल क्रान्तिकारी केन्द्रीय समितिको आयोजनामा अहिले निर्वाचनको विरोधमा कोणसभा राखिएको हो ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रकाश तिरुवाको नेतृत्वमा भएको प्रदर्शन तथा कोणसभामा मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्न आह्वान गरिएको छ । 

यसबीचमा निर्वाचन विरोधी समूहलाई निगरानीमा राख्दै प्रहरीले नियन्त्रणमा लिने क्रम बढेको छ । हिजो महोत्तरी र बागलुङमा त्यस्ता समूहका सदस्यलाई प्रहरीले पक्रेको छ । 

राजधानीका विभिन्न भागमा उनीहरुले कोणसभा गर्दै आएका छन् । हिजो अपरान्ह कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा प्रदर्शन गर्दै प्रदर्शनकारीले निर्वाचन विरुद्ध चर्का नारा लगाएका थिए ।

टिप्पणीहरू