पारिबाट नक्कली मतपत्र ल्याइयो, बिहारी पक्राउ
भारतबाट नक्कली भारतीय तथा नेपाली मुद्रा, स्रोत नखुलेको रकम र अवैध तरिकाले भारतीय बजारबाट सामान ओसार्ने क्रम सुनेका र देखेका छौं । तर एक जना भारतीयले १५ हजार थान नक्कली मतपत्र बोकेर ल्याउँदा पक्राउ परेका छन् ।
पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौतास्थितमा भारतीय बिहार राज्यका ४० वर्षीय इजाजत अहमदले नक्कली मतपत्र ल्याएका हुन् । उनले १५ हजार थान नक्कली मतपत्र बोकेर ल्याएको प्रहरीले जनाएको छ ।
आगामी आइतबार हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रयोग हुने निर्वाचन आयोगको मतपत्र झैँ दुरुस्त मतपत्र ल्याइएको प्रहरीको दाबी छ । अहमदलाई हिजो दिउँसो नियन्त्रणमा लिइएको हो । त्यसबारे थप अनुसन्धान थालिएको बताइएको छ ।
टिप्पणीहरू