भोजपुरमा बम पड्काउने युवा पक्राउ
भोजपुरको तिवारी भञ्ज्याङमा आयोजित वाम–वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बम विस्फोट गराउने युवा समातिएका छन् । पक्राउ पर्नेमा अरुण गाउँपालिका घर भएका सुमल श्रेष्ठ हुन् । विस्फोटनमा सुमलसहित एक महिला पनि सामान्य घाइते भएकी छन ।
सुमलले बोकेको झोलामै बम विस्फोट भएको प्रहरीको भनाइ छ । प्रहरीले ती युवालाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालेको बताइएको छ । त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पुग्नु अगावै बम विस्फोट भएको हो ।
टिप्पणीहरू