लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

निर्वाचन आयोगले सुनसरीमा एक जनाको उम्मेदवारी खारेज गरेको छ ।  प्रदेशसभा ४ (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरिएको छ । 

मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको आयोगले जानकारी दिएको छ ।

आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम उनको उम्मेदवारी खारेज गरेको हो । यस्तै, मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिइएको छ ।

टिप्पणीहरू