‘शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ’
निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा सम्बन्धित मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ ।
आजा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे मतदान बदर हुन्छ । उहाँले भन्नुभयो, ‘त्यस्ता मतदान केन्द्रमा पुनः मतदान हुन्छ ।’
बुथ कब्जा गर्ने सोच नराख्न उहाँले आग्रह गर्नुभएको छ । त्यसैले शतप्रतिशत मत खसे सो मत बदर गरेर उक्त मतदान केन्द्रमा पुनः मतदान हुने उहाँको भनाइ छ ।
टिप्पणीहरू