राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गीत

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गीत

भारतमा आयोजित भारतीय राष्ट्रिय काँग्रेसको राजनीतिक कार्यक्रममा नेपालको राष्ट्रिय गीत बजाएको छ । राहुल गान्धीले शुरु गरेका भारत जोडो यात्राको क्रममा आयोजित समारोहमा राष्ट्रिय गीत बजाउन अनुरोध गरेपछि नेपालको राष्ट्रिय गीत ‘सयौं थुँगा फूल’ बजाइएको हो । 

कार्यक्रममा गान्धीले राष्ट्रिय गीत बजाउन अनुरोध गरेपछि नेपाली राष्ट्रिय गीत बजेको थियो । केहीबेर सबैले सुनेपछि नेपालको रोकेर भारतको राष्ट्रिय गीत बजाइएको थियो । स्वयम् गान्धीले राष्ट्रिय गीत बजाउन पटक पटक अनुरोध गरेको भिडियोमा सुन्न सकिन्छ ।

भारत जोडो कार्यक्रममा युट्युबबाट राष्ट्रिय गीत बजाइएकाले भूलवशः भारतीयको सट्टा नेपाली पर्न गएको आयोजकले बताएको छ ।

टिप्पणीहरू