भैरहवा नजिकै भारतले पनि विमानस्थल बनाउने
भारतले नेपालसँग जोडिएको सुनौली नाका नजिकै विमानस्थल बनाउने भएको छ । भारतीय केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीले उक्त जानकारी गराएका हुन् ।
पर्यटन प्रर्वद्र्धनका लागि भारतले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको सुनौलीमा विमानस्थल बनाउने घोषणा गरेको हो । इको टुरिज्म महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले विमानस्थल बनाइने जानकारी गराएका हुन् ।
नेपालको रुपन्देही जिल्लासँग जोडिएको उक्त स्थानमा पाइलट प्रोजेक्टअन्तर्गत भारतले उक्त विमानस्थलको खाका तयार गरेको भारतीय मन्त्रीको दाबी छ ।
यता नेपालले हालै निर्माण सम्पन्न गरेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । त्यहाँबाट कुवेतको जजिरा एअरवेजले मात्र उडान गरेको छ । नेपाली वायु सेवा कम्पनीहरुले छिट्टै नै उडान थाल्ने बताएका छन् ।
टिप्पणीहरू