डाँडाबाट क्षेप्यास्त्र परीक्षण अवलोकन

डाँडाबाट क्षेप्यास्त्र परीक्षण अवलोकन

पछिल्लो समय उत्तर कोरियाले धेरै वटा क्षेप्यास्त्र परीक्षण र नजिकैको समुन्द्रमा प्रहार गरेको संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले बताउँदै आएका छन् । उत्तर कोरियाले पनि आफ्नो सार्वभौमसत्ता र सीमाना जोगाउन जस्तोसुकै मूल्य चुकाउने जवाफ दिँदै आएको छ । 

विगतमा क्षेप्यास्त्र परीक्षणबारे खासै नबताउने उत्तर कोरियाले यस पटक आफ्ना परीक्षणबारे जानकारी दिँदै आएको छ । यसैबीच उत्तर कोरियाली नेता किम जोङ–उनले त्यस्तै परीक्षणमध्येको एक हेरेको फोटो त्यहाँको सरकारी समाचार समिति कोरियन सेन्ट्रल न्युज एजेन्सीले उपलब्ध गराएको छ । 

पछिल्लो केही महिनादेखि उत्तरका छिमेकी राष्ट्रहरु चीन र रुससँग अमेरिकाको सम्बन्ध चिसिँदै गएको छ । यस्तो बेलामा उत्तर कोरियाले गरेको नियमित क्षेप्यास्त्र परीक्षण र त्यसका विविध पक्षमा विश्वले थप चासो राखेको बताइन्छ ।

टिप्पणीहरू