आइएमई पेको हवाई यात्रा अफर, एक रुपैयाँमा विमान टिकट

आइएमई पेको हवाई यात्रा अफर, एक रुपैयाँमा विमान टिकट

आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै आइएमई पेले हवाई यात्रा अफर सार्वजनिक गरेको छ । 

विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पेले निर्वाचनलक्षित हवाई यात्रा अफर सार्वजनिक गरेको हो ।

आइएमई पे एपमार्फत् हवाई टिकटमध्ये एक जना भाग्यशाली विजेताले एक रुपैयाँमा टिकट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । एप प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा पूरै रकम तिर्नुपर्ने हुन्छ । 

प्रत्येक दिन विजेता घोषित हुने भएकाले एक जना भाग्यशाली विजेताले एक रुपैयाँबाहेक अन्य रकम क्यासब्याक पाउनेछन् । 

मतदातालाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यले यो अफर ल्याएको कम्पनीको भनाइ छ । अस्तिदेखि शुरु भएको अफर आगामी शुक्रबारसम्म कायम रहनेछ ।

टिप्पणीहरू