काठमाडौं एअरपोर्टमा आगलागी

काठमाडौं एअरपोर्टमा आगलागी

काठमाडौंको विमानस्थलमा आगलागी भएको छ । आन्तरिक विमानस्थलतर्फ विमानमा फ्युल रिफिल गर्ने ट्याङ्करमा मध्यान्ह पौने १२ बजेको समयमा आगलागी भएको हो । 

‘नेपाल आयल निगमको डोमेष्टिक पार्किङ्ग एरियामा जहाजमा तेल हाल्ने ट्याङ्कर लिक भई एआर ३४ नम्बरको ट्याङ्करमा एक्कासी आगो लागेको हो,’ निगमको विमानस्थल डिपोका एक जना कर्मचारीले जानकारी दिए । 

ट्याङ्करमा लागेको आगोलाई विमानस्थलमा रहेका तीन वटा दमकलले निभाएको छ । मानवीय क्षति नभएको र उडानमा कुनै पनि बाधा नपुगेको विमानस्थल कार्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू