अमेरिकी राजदूत सशस्त्र प्रहरी हेडक्वार्टरमा

अमेरिकी राजदूत सशस्त्र प्रहरी हेडक्वार्टरमा

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हल्चोक पुग्नुभएको छ । उहाँ हिजो दिउँसो स्वयम्भू पछाडि रहेको सशस्त्र प्रहरी बलको मुख्यालयमा जानुभएको बताइन्छ । 

राजदूतले सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालसँग भेटवार्ता गर्नुभएको स्रोतको भनाइ छ । उहाँहरुबीच दुईपक्षीय चासो र सहयोग आदानप्रदानमा छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू