बिओकेलाई दुई करोडबढी जरिवाना, सीईओलाई सचेत

बिओकेलाई दुई करोडबढी जरिवाना, सीईओलाई सचेत

बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ । बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बैंकले तोकेअनुसार प्रवाह नगरेपछि जरिवाना तिर्नुपरेको बताइन्छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त मापदण्ड नपुगेको खण्डमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा जरिवाना गर्नसक्ने व्यवस्था छ । 

सो बैंकले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा पनि कारोबार गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणलाल मास्केलाई बोलाएर सचेत गराएको छ ।

टिप्पणीहरू