झापामा तुलसा ओलीको घरबाट जुवाडे पक्राउ

झापामा तुलसा ओलीको घरबाट जुवाडे पक्राउ

झापामा जुवा खेल्दाखेल्दै पाँच जना जुवाडे पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका- ४ झोडा बस्ने ३० वर्षीया तुलसा ओलीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसमेत पाँच जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

जुवा खेलेको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका जुवाडेको साथबाट १६ थान कौडासहित ४७ हजार ५ सय रूपैयाँ नगद बरामद भएको झापा प्रहरीले जनाएको छ ।

टिप्पणीहरू