म्यादी प्रहरीमाथि तथानाम बोल्ने युट्युबर पुगे खोरमा

म्यादी प्रहरीमाथि तथानाम बोल्ने युट्युबर पुगे खोरमा

निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लाञ्छना लगाएको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्रेको छ । हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौर घर भएका २० वर्षीय नवीन खड्का उर्फ प्रतिक प्रहरी हिरासतमा पुगेका हुन् । 

प्रतिक खड्का नामको युट्युबमा खड्काले म्यादी प्रहरीलाई ‘कुकुर’ तथा म्यादी प्रहरीमा जानेहरूलाई ‘केटी हेर्न’ का लागि भनेर अपशब्द प्रयोग गरेका छन् । युट्युबमार्फत आक्षेप र लाञ्छना लगाएर समाजमा अपाच्य शब्द प्रयोग गरेर नकारात्मक सन्देश प्रवाह गरेको अभियोगमा उनलाई मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्काविरुध्द विद्युत्तीय कारोबार ऐनअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू