भारतीय ट्रकमा गाँजा ओसारपसार

भारतीय ट्रकमा गाँजा ओसारपसार

मकवानपुरमा ट्रकमा लोड गरिएको अवस्थामा ७९ किलोग्राम गाँजा बरामद गरिएको छ । मनहरी गाउँपालिका ६ कत्लेखोलास्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको बताइएको छ ।

प्रहरीले डब्लु.बि.५९ सि ६७३५ नम्बरको भारतीय ट्रकबाट उक्त गाँजा बरामद गरेको हो । प्लास्टिको बोरामा प्याक गरी लुकाइराखेको अवस्थामा गाँजा  फेला परेपछि ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू