तीन नम्बर पुलबाट ट्रक खस्दा ड्राइभर रहेनन्

तीन नम्बर पुलबाट ट्रक खस्दा ड्राइभर रहेनन्

गुडिरहेको ट्रक पुलबाट खस्दा चालकको ज्यान गएको छ । मुग्लिनबाट नारायणगढका लागि छुटेको बा२ख ७४६२ नम्बरको खाली ट्रक  तीन नम्बर पुलबाट खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मृत्यु हुनेमा ट्रक चालक धादिङका सन्तबहादुर राई हुन् । ट्रक आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट तल खसको थियो ।  

मृतकका आफन्त आइसकेपछि मात्र शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने प्रहरीले बताएको छ ।

टिप्पणीहरू