जंगली हात्तीको आक्रमणबाट एक बृध्दको ज्यान गयो

जंगली हात्तीको आक्रमणबाट एक बृध्दको ज्यान गयो

मोरङको सुन्दरनहरैँचामा जङ्गली हात्तीको आक्रमणबाट मंगलबार (आज) एक बृद्वको ज्यान गएको छ । हात्तीको आक्रमणबाट सुन्दरहरैँचा १० का ७५ वर्षीय जयप्रसाद बास्तोलाको ज्यान गएको हो । उनलाई दिउँसो जङ्गलमा घाँस लिन गएको बेला हात्तीले आक्रमण गरेकोे इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए । 
 
वास्तोलासँगै घाँस काट्न जंगलमा गएकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बास्तोलाको शव पोष्टमार्टमको लागि उर्लाबारी लगिएको छ। पछिल्लो समय  मोरङको केराबारी, लेटाङ,सुन्दरहरैँचा,मिक्लाजुङ, बेलबारीलगायतका पालिकामा हात्तीले आंतक मच्चाएको पाइएको छ।

टिप्पणीहरू