जापानबाट आएका यात्रु विमानस्थलमै ढले
आज साँझ जापानबाट काठमाडौं आएका एक जना नेपाली यात्रु विमानस्थलस्थित अध्यागमन अघिल्तिर ढलेका छन् । साँझ ५ बजे नेपाल वायुसेवा निगमबाट आएका रामप्रताप सेन ठकुरी आगमन कक्षको अध्यागमन नजिकै पुग्दा बेहोस भएर ढलेको बताइन्छ ।
निगमको उडान नम्बर आरए ४३४ मा नारिताबाट आएका नवलपरासीका ४५ वर्षे रामप्रताप सेन ठकुरी ढलेर बेहोस भएका हुन् । ०७०३७७९७ नम्बरको राहदानी बोकेका ४५ वर्षे ठकुरीलाई विमानस्थलमै साधारण उपचारपछि अस्पताल लगिएको अध्यागमन प्रमुख वासुदेव घिमिरेले बताए ।
टिप्पणीहरू