सशस्त्रले फाँड्यो गाँजा खेती

सशस्त्र प्रहरी बलले सिरहामा गाँजाका बोट फाँडेको छ । नराहा गाउँपालिकामा लगाइएको गाँजा फाँडिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हिजो दिउँसो गाउँपालिकाको पानबारी र गोलबजार नगरपालिकाको चोहर्वा र मिर्चैया नगरपालिकाको मौराहा इलाकामा झण्डै १५ कठ्ठामा लगाइएका गाँजाको बोट नष्ट गरिएको हो ।
 
सशस्त्र प्रहरीको ७ नम्बर गण हेडक्वार्टर सिरहाबाट खटिएका ६९ जना र नेपाल प्रहरीका १० जनाको टोलीले झण्डै पाँच हजार बोट फाँडेको बताइएको छ ।


 

टिप्पणीहरू