टिपरले राती मान्छे मारेपछि ककनी जाने बाटो अवरुध्द

टिपरले राती मान्छे मारेपछि ककनी जाने बाटो अवरुध्द

काठमाडौंबाट नुवाकोटको ककनीतर्फ जाने सडकको तीनपिप्लेमा सवारी दुर्घटना हुँदा राती एक जनाको ज्यान जानुका साथै सोही कारण त्यताको यातायात अवरुद्ध भएको छ । गए राति १० बजेको दुर्घटनामा बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकलका चालक तारकेश्वर–३, पाँचमाने निवासी २२ वर्षका सविन फुयाँल सख्त घाइते भएका थिए । उनलाई उपचारार्थ त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइए पनि राति ११ बजे मृत घोषणा गरिएको थियो ।

उक्त दुर्घटना सडकमा गुडेको ट्रिपरले गराएको आरोपसहित स्थानीयले आज बिहानदेखि सडक अवरुध्द बनाएका छन् ।

टिप्पणीहरू