अष्ट्रेलियामा गोली चल्यो,२ प्रहरीसहित ६ को मृत्यु

अष्ट्रेलियामा गोली चल्यो,२ प्रहरीसहित ६ को मृत्यु

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित छ जनाको मृत्यु भएको छ । 

क्विन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा रहेको वाइअम्बिलामा हराइरहेका व्यक्तिको खोजी भइरहेको बेला गोली चलेको हो । 

स्थानीय समयानुसार हिजो दिउँसोको लञ्च समयपछि बेपत्ता व्यक्तिहरुको खोजी र अनुसन्धानमा प्रहरीलाई वाइम्बिलाको जस्ताको छानो भएको एउटा घरमा बोलाइएको थियो ।

क्विन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले भने, ‘उनीहरू बंगलामा  छिर्नेबित्तिकै गोलाबारीमा परेका थिए । उनीहरूले प्रतिरोध गर्ने मौकै पाएनन् ।’ प्रधानमन्त्री एन्थोनी अल्बानिजले उक्त घटनालाई अष्ट्रेलियाको निम्ति ‘हृदयविदारक दिन’ भनेका छन् । 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

टिप्पणीहरू