दक्षिण कोरिया पुगेका मगर ओछ्यानमै अस्ताए
![दक्षिण कोरिया पुगेका मगर ओछ्यानमै अस्ताए](https://janaaastha.prixacdn.net/media/albums/319847360_458973026373196_264868363617596561_n_jyO7xwAAhY.jpg)
रोजगारीको लागी दक्षिण कोरिया पुगेका सोलुखुम्बुका एक युवकको सुतेकै ठाउँमा ज्यान गएको छ ।
सोलु दूधकुण्ड नगरपालिका ३ तामाखानी घर भई दक्षिण कोरियाको हव्साङसीमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको हिजो ज्यान गएको हो ।
बेलुका राम्रैसङ्ग सुतेका मगरको हृदयघातका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । उनी केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ ।
मगर करिब ५ बर्षअघि भाषा परिक्षा पास गरेर कोरिया पुगेका थिए ।
टिप्पणीहरू