कल्याण श्रीमानले भेटेको होइन, रविका मान्छे नै भेट्न आएका हुन् : कृष्णमान प्रधान

कल्याण श्रीमानले भेटेको होइन, रविका मान्छे नै भेट्न आएका हुन् : कृष्णमान प्रधान
सुन्नुहोस्

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग भूतपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भेट गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको पाइएको छ । उनैका निकटतम मित्र कृष्णमान श्रेष्ठका अनुसार कल्याण श्रीमानको गृहजिल्ला बागलुङबाट काठमाडौं आउने क्रममा पोखराको बाराही होटल नजिकै बास बसेको बेला लामिछानेका पिए तथा रास्वपा सचिवालय सदस्य दीपक बोहरा भेट्न त्यहाँ पुगेका थिए ।

आइतबार लेक साइडस्थित बाराही होटलसँगैको एक होटलमा बसेका भूतपूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई भेट्न अनुरोध गर्दै बोहरा होटल पुगेको र एक पटक लामिछानेको कुरो सुनिदिन आग्रह गरेको र यसमा तथ्य प्रमाण केलाएर न्यायाधीश स्वयंले उचित निर्णय गर्ने जवाफ दिइएको स्रोतको दावी छ ।  

कल्याण श्रेष्ठले रविलाई हिरासतमा गएर भेटेको भनी समाचार प्रकाशन गर्ने nepalface.com ले श्रोतले गडबडी गरेको भन्दै क्षमायाचना गरेर उक्त समाचार हटाइसकेको छ । 

आइतबार लेक साइडस्थित बाराही होटलसँगैको एक होटलमा बसेका भूतपूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई भेट्न अनुरोध गर्दै बोहरा होटल पुगेको र एक पटक लामिछानेको कुरो सुनिदिन आग्रह गरेको स्रोतको दाबी छ । कल्याण श्रेष्ठले रविलाई हिरासतमा गएर भेटेको भनी समाचार प्रकाशन गर्ने nepalface.com ले श्रोतले गडबडी गरेको भन्दै क्षमायाचना गरेर उक्त समाचार हटाइसकेको छ ।

सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा लामिछानेसहित अदालतमा उपस्थित सात जना प्रतिवादीहरूको पहिलो दिनको थुनछेक बहस हिजोलाई सकिएको छ । दुबै पक्षका वकिलहरुबाट पुर्पक्षमा जेल पठाउने या धरौटीमा छाड्नेवारे अझै केही दिन बहस चल्नेछ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका उनीहरुविरुद्धको मुद्दामा बयान सकिएपछि हिजै अपरान्हदेखि थुनछेक बहस शुरु भएको थियो ।

प्रधान न्यायाधीशको सचिवालयमा रहेर सर्वोच्च अदालतमा थुप्रै न्यायिक प्रक्रिया नियालिसकेका सबैभन्दा कान्छा न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट हिजो सहायक न्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले बहस गरेका थिए । सरकारी वकिलहरुले सहकारी ठगीमा प्रतिवादीहरूको संलग्नता दाबी गर्दै इच्छाराज तामाङ्ग,देवकुमार नेपाली,केदार शर्मालाई झैं थुनामा राखी मुध्दा छिनोफानो गर्नुपर्ने दलिल प्रस्तुत गरेको अवस्था छ ।

 

टिप्पणीहरू