अमेरिकामा नेपाली बुहारीले फुटाइन् सासूको टाउको
विश्वभर सन् २०२४ लाई बिदा गरेर सन् २०२५ को स्वागत गर्ने क्रम जारी छ । गोलार्धको पूर्वी भागमा नयाँ वर्षको दोस्रो दिन जनवरी २ शुरु भइसकेको छ । अमेरिकालगायत पश्चिम भागमा नयाँ वर्षको पहिलो दिन हुँदैछ ।
नयाँ वर्षको अघिल्लो दिन विदेश बस्ने नेपालीहरुले आफ्नो मर्यादा बिर्सिंदा प्रहरी नै बोलाउनुपर्नेसम्मको घटना भएको छ । न्यू इयर इभ मनाउने क्रममा अधिक वाइन पिएकी एउटी नेपाली महिलाले श्रीमान् र सासूलाई नराम्रोसँग पिटेकी छन् ।
"न्यू इयर इभ मनाउने क्रममा अधिक वाइन पिएकी एउटी नेपाली महिलाले श्रीमान् र सासूलाई नराम्रोसँग पिटेकी छन् ।"
टेक्सास राज्यमा आयोजित ‘न्यु इयर इभ’ मा वाइनले मातेकी ती महिलाले बोतल र कुचो श्रीमान् र सासूमाथि प्रहार गरेको खबर छ । क्यालिफोर्नियामा पाहुनाले शौचालयमा मलमूत्र गरेपछि फ्लस नगरेको विषयमा विवाद भएको थियोे । घरका मान्छेले पाहुनालाई राति नै निक्लेर जान भनेपछि रुवाबासी चलेको सानुबाबु सिलवालले सामाजिक सञ्जालमा लेखेका छन् ।
सामाजिक सञ्जालमा बेलिविस्तार लगाउँदै उनले नयाँ वर्ष नलाग्दै पीडितहरु आफूकहाँ आउन थालेको बताए । पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले लेखेका छन्, ‘न्यु इयर २०२५ लाग्दानलाग्दै दुई जना पीडित आइसके,सानुबाबु सिलवालको सामाजिक न्यायिक अड्डामा । टेक्सास न्यु इयर नयाँ वर्षमा वाइनले मातेकी श्रीमतीले आफ्नै श्रीमान् र सासूलाई वाइनको बोतल र कुचोले हिर्काएकी छन् । अहिले उनीहरुको घरमा प्रहरी छिरेको छ । श्रीमान् मुद्दा मामिलामा पर्न चाहँदैनन् ।’
अगाडि लेखेका छन्,‘भर्खरै कसरी बच्ने भनेर श्रीमान् भाइले फोन गरेका छन् । पीडितले केही समस्या छैन भने मात्रै प्रहरी फर्केर जान्छ । यही सुझाइदिएको छु । अर्को क्यालिफोर्नियामा नयाँ पाहुनाले बाथरुममा दिशा गर्दा फ्लस किन नगरेको भनी घर छोडेर जान धम्क्याएका छन् । अब होमलेस बन्ने भएपछि बास मिलाइदिन आग्रहसहित पीडितले फोन गरेका छन् ।’
टिप्पणीहरू