बढी शुल्क लिएका स्वास्थ्य संस्थालाई सम्झौता खारेजीको चेतावनी
स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीमा तोकिएभन्दा बढी शुल्क लिने सेवा प्रदायक स्वास्थ्य संस्थासँग सम्झौता खारेज गर्ने भएको छ । बीमितबाट अनावश्यक शुल्क लिएको व्यापक गुनासो आएपछि बोर्डले यस्तो चेतावनी दिएको छ ।
बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई गराएको जानकारीमा अनुगमनको क्रममा उजुरी प्रमाणित भएमा सम्झौता खारेज हुनेबारे सजग गराएकोे छ । तसर्थ, स्वास्थ्य बीमा ऐन, नियमावली, निर्देशिका तथा पत्राचारहरुको पूर्ण पालना गर्दै बीमितको आर्थिक भार बढाउने कार्य नगर्न बोर्डले सुझाएको छ ।
‘अनुगनको क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाले नियमविपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बीमा बोर्डसँगको सम्झौता खारेज हुने साथै दाबीहरु जाँच गर्ने क्रममा स्वास्थ्य बीमा बोर्डको नयाँ सुविधा थैलीमा तोकिएको औषधीको क्यापिङ्ग गरेको कुनटिटीभन्दा बढी भइरहेको उक्त दाबीहरु सुविधा थैलीको आधारमा स्वतः आईएमआईएसमार्फत नै अस्वीकृत हुने र नयाँ सुविधा थैलीको आधारमा मात्र दाबी पेश गर्न हुन निर्देशानुसार जानकारीका लागि अनुरोध गरिन्छ,’ परिपत्रमा उल्लेख छ ।
टिप्पणीहरू