‘चाइना फिल्म डे’ मा एक दर्जनबढी चिनियाँ कलाकार आउँदै

‘चाइना फिल्म डे’ मा एक दर्जनबढी चिनियाँ कलाकार आउँदै
सुन्नुहोस्

राजधानी काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना गर्न लागिएको छ । आगामी बिहीबार ठमेलस्थित छायाँ सेन्टरमा चाइना फिल्म एडमिनिस्ट्रेसन, काठमाडौंस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ (फिल्म आर्ट रिसर्च सेन्टर) र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

‘चाइना फिल्म डे’ मा तीन वटा चिनियाँ चलचित्र ‘हर स्टोरी’, ‘मिड समर्स भ्वाइस’ र ‘जी फर ग्याप’ प्रदर्शन गरिने एकेडेमीका अध्यक्ष केपी पाठकले जानकारी दिए । उनका अनुसार चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरुको १४ सदस्यीय चिनियाँ टोली नेपाल आउँदैछ ।  

‘चाइना फिल्म डे’ मा विभिन्न छलफल र बहसका सत्रहरु पनि सञ्चालन हुनेछन् । उक्त कार्यक्रमले दुई देश बीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने र चलचित्रको बजारीकरणमा सहयोग पुर्याउने विश्वास लिइएको छ । 

चिनियाँ टोलीले शुक्रबार काठमाडौँ उपत्यकामा रहेका छायांकनस्थल, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूलगायतको अवलोकन गर्ने छ ।

टिप्पणीहरू