तनहुँका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व

तनहुँका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रको भिमाद नगर कमिटी अध्यक्षमा पुनः अमृत सिग्देल निर्वाचित भएका छन् । भिमाद नगरपालिका–१, किहुँ, बडहरभञ्ज्याङ्गमा हिजो सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनले उनको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको छ ।

ओवादी केन्द्रका जिल्ला संयोजक ओमराज आलेका अनुसार नगर कमिटीको उपाध्यक्षमा मौषम गैरे, दशरथ गैरे, तीर्थ सिग्देल, सचिवमा दिनेश सिग्देल, सहसचिवमा हुमनाथ सिग्देल र कोेषाध्यक्षमा प्रमिला थापा चयन भएका छन् । 

भिमादमा खबरदारीसहित सम्पन्न भएको नगर कमिटीको अधिवेशनसँगै जिल्लाका १० वटै पालिकामा अधिवेशन सकिएको उनले जानकारी दिए । ब्यास नगरपालिकामा गोपाल सुर्खालीको अध्यक्षतामा कमिटी गठन भएको छ । 

यस्तै, शुक्लागण्डकीमा शरण सापकोटा, भानुमा भरत थापा, ऋषिङ्गमा डम्बर विक, घिरिङ्गमा चुननारायण श्रेष्ठ, म्याग्देमा बालकृष्ण श्रेष्ठ, बन्दीपुरमा ध्रुवप्रसाद लामिछाने, आँबुखैरेनीमा खगराज गौली र देवघाटमा भुवनसिं गुरुङ्गको अध्यक्षतामा कमिटी गठन भएको जनाइएको छ ।

टिप्पणीहरू