हिजो ठूलो दुर्घटना,आज शोक बिदा

हिजो ठूलो दुर्घटना,आज शोक बिदा

काभ्रेको गणेशस्थानमा हिजो भएको बस दुर्घटनालाई लिएर आज बेथानचोक गाउँपालिकाले शोक बिदा दिएको छ ।

 "बनेपा नगरपालिका-११ सत्सेबाट बेथानचोक गाउँपालिका ५ नम्बर वडा च्याल्टीको छेवर, व्रतवन्ध कार्यक्रममा सहभागी भई फर्कने क्रममा रिजर्भ बस हिजो साँझ बेथानचोक ४ चलाल गणेशस्थान नजिक दुर्घटनामा परी अकल्पनीय मानवीय क्षति हुन गएकोमा हामी मर्माहत छौं । शोकको यस घडीमा सम्पूर्ण दिवंगत आत्माको चीर शान्तिको कामनासहित घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको लागि ईश्वरसँग प्रार्थना गर्दै शोकको यस घडीमा आज यस गाउँपालिका अन्तर्गतको सरकारी कार्यालय,शिक्षण संस्था तथा अन्य संघसँस्थाहरुमा शोक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै, गाउँपालिकाभित्रका सबै निजी व्यवसायसमेत बन्द गरी यस दुःखद घडीमा साथ दिनुहुन समेत अनुरोध गरिन्छ।"गाउँपालिकाले आजै निकालेको बिज्ञप्तीमा भनिएको छ ।

टिप्पणीहरू